हिन्दु धर्मशास्त्रमा परशुरामलाई भगवान मान्ने चलन छ । शास्त्रमा उल्लेख भएअनुसार, भगवान परशुराम भगवान विष्णुको छैटौँ अवतार तथा आठ चिरिञ्जीविमध्येका एक हुन् ।
उनी अहिले पनि जीवित रहेको शास्त्रमा पढ्न पाइन्छ । उनको जन्म वैशाख महिनामा भएको थियो । उनको जन्म सत्य र त्रेतायुग दुबैको सन्धीकाल मानिएको थियो ।
साथै भगवान शिवको परमभक्त परशुरामलाई न्इायका देवता मान्ने गरिन्छ । तीनै भगवान परशुरामले भगवान गणेशको दाँत भाँचिदिएका थिए ।
आखिर किन भाँचे त परशुरामले भगवान गणेशको दाँत ?
धर्मशास्त्रम उल्लेख गरिए अनुसार, भगवान परशुराम अत्याधिक क्रोधित स्वभावका थिए । पौराणिक कथाका अनुसार परशुराम एक दिन भगवान शिवको दर्शनका लागि कैलाश पर्वत गएका थिए ।
त्यसबेला त्यहाँ भगवान गणेशसँग उनको भेट भयो । गणेशले उनलाई महादेवसँग भेट गर्न जान दिएनन् । उनलाई ढोकामै रोके ।
तब क्रोधित भएर परशुरामले आफ्नो बलले हानेर गणेशको एक दाँत नै भाँचिदिए । त्यसपछि गणेशलाई एकदन्त भन्न थालिएको हो । एजेन्सीको सहयोगमा