हेर्नुहोस, आज वि. सं २०८२ वैशाख ९ गते मङ्गलबारको राशिफल, यि राशिको लागि आजको दिन हुनेछ फलदायी

वि. सं. : २०८२ वैशाख ९ गते मङ्गलबार

इ.सं. : 22th April 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:३५ बजे

सूर्यास्त: बेलुका १८:३२ बजे

तिथि : नवमी १३:१८ सम्म, तत्पश्चात् दशमी

पक्ष : वैशाख कृष्णपक्ष

नक्षत्र : श्रवण ०८:२१ सम्म, तत्पश्चात् धनिष्ठा

योग : शुभ १७:१९ सम्म, तत्पश्चात् शुक्ल

करण : गर १३:१८ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: मकर २०:१० सम्म, तत्पश्चात् कुम्भ

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य र मनोरन्जनमा खर्च हुन सक्छ। काममा अवरोध र साथीबाट सहयोग नपाइने सम्भावना छ। विद्यार्थीलाई पढाइमा ध्यान दिनु पर्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीका नयाँ स्रोतहरू पाउनेछन्। परिवार र प्रेम जीवन सुखी रहनेछ। रमाइलो यात्रा र मिष्ठान्न भोजनको योग छ। लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

लोकप्रिय

छुटाउनुभयो कि ?