हुन त कतिपयले आफ्नो घरमा नकारात्मक ऊर्जा नआओस् भनेर वास्तु शास्त्र देखाएर घर बनाएका हुन्छन्। तर वास्तु शास्त्र ठीक हुँदा हुँदै पनि कहिलेकाही केही यस्ता सामग्रीहरु हामी घरमा राखेका हुन्छौँ, जसले सुन्दर घरमा नकारात्मक ऊर्जा पैदा गर्दछ र कलह निम्तिन थाल्दछ।
वास्तु शास्त्रमा केही यस्ता चीजहरु हुन्छन् जसले घरको ऊर्जा बढाउनुको साट्टो कलह, झगडा र धनको क्षति दिनप्रतिदिन गराइरहेको हुन्छ। साथै मानिसको जीवनमा समस्या ल्याइरहेको हुन्छ। ती नकारात्मक चीजहरु जसलाई तपाईको घरमा कहिल्यै नराख्नुस्। यसले नकारात्मक ऊर्जा मात्रै ल्याउँछ।
१. वास्तुशास्त्र अनुसार देवी महाकालीको प्रतिमा घरमा भुलेर पनि नल्याउनुस्। यसले नकारात्मक ऊर्जा ल्याउने गर्दछ।
२. बन्द भएको घडी पनि घरमा नराख्नुस्। यसले पनि घरमा चलायनमान प्रगतिलाई रोक्ने काम गर्छ र नकारात्मक ऊर्जा ल्याउँछ।
३. कुनै पनि टुटेफुटेको देवीदेवताको मूर्ति वा पुरानो तस्बिर नराख्नुस्। यसले घरमा नकारात्मक प्रभाव पार्दछ।
४. घरमा फुटेको ऐना वा सिसा नराख्नुस् जसले नकारात्मक ऊर्जालाई भित्र्याउँछ र समस्या उत्पन्न गराउदछ।
५. यसका साथै घरमा शिवलिंग पनि नराख्नुस्। यसले नकारात्मक प्रभाव परिवारमा पार्दछ।
(वास्तुशास्त्रले उल्लेख गरेका यी बुँदाहरु वैज्ञानिक दृष्टिले भने कति उपयुक्त छन्, यो भने अलग्गै अध्ययनको विषय हुनसक्छ।)