४ राशिमा हुन्छ राम भक्त हनुमानको कृपा, हरेक परिस्थितिमा दिन्छन् साथ !

हनुमानलाई हिन्दु धर्ममा चाडैँ प्रसन्न हुने देवताका रुपमा उपासना गरिन्छ । सच्चा मनले उपासना गर्नेहरुको हनुमानजीले मनोकामना पुर्ण गर्ने धार्मिक मान्यता छ ।

हनुमानको उपासकहरुलाई कुनै पनि संकट वा बाधा नरहने विश्वास छ । तथापी ज्योतिषका अनुसार भने हनुमानजीको कृपा ४ राशीका ब्यक्तिले सहजै पाउने गर्दछन् ।

१. मेष राशी

सम्पुर्ण राशीमध्ये मेष राशीमा हनुमानजीको विशेष कृपा रहने गर्दछ । यस राशीका जातकलाई कुनै पनि समस्या वा बाधा आइलागे हनुमानजीले तुरुन्त त्यसको निवारण गर्दछन् । यस राशीका जातकले हनुमानको उपासना गरेमा बुद्धि, कौशल र चर्तुराईं, धन प्राप्त गर्दछन् ।

२. सिंह राशी

यस राशीका जातकमा समेत हनुमानजीको विशेष कृपा रहने गर्दछ । सिंह राशीका जातकमा आउने हरेक संकटबाट हनुमानजीले रक्षा गर्दछन् । यस राशीका उपासकलाई हनुमानजीले ठूला दुर्घटना वा संकटबाट बचाउने गर्दछन् । हनुमानजीको कृपाले यस राशीका जातकलाई धन लाभ हुने वा जागिर र व्यवसायबाट सफलता पाउने गर्दछन् ।

३. वृश्चिक राशी

वृश्चिक राशीका जातकमा हनुमानजीको विशेष कृपा रहन्छ । कुनै पनि कार्यको अड्चन निवारणमा वृश्चिक राशीका ब्यक्तिले हनुमानजी रक्षा कवचका रुपमा रहने गर्दछन् । यस राशीका हनुमान उपासकले धनसम्पती र प्रतिष्ठा प्राप्ती गर्दछन् ।

४. कुम्भ राशी

मेष राशी पश्चात कुम्भ राशीका जातकमा भगवान हनुमानको विशेष कृपा रहने गर्दछ । यस राशीका ब्यक्तिले व्यावसायिक र व्यक्तिगत सफलता वा उपलब्धि हात पार्न हनुमानको उपासना गरेमा शिघ्र फल प्राप्त हुन्छ । यस राशीका हनुमान उपासकले वादविवाद तथा कानुनी मामलामा समेत वियज प्राप्त गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?