सुनचाँदीका गर-गहना प्रसादका रुपमा बाँडिने अनौठो मन्दिर!

सामान्यतयाः मन्दिरमा पुगेका भक्तजनलाई मुल पुजारीले फूलपाती र अक्षता प्रसादका रुपमा दिने गर्छन् ।

मन्दिरमा पुग्ने सबैले अरुको प्रसादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अक्षेता नै हो । तर कुनै मन्दिरमा प्रसादका रुपमा सुन चाँदीका गहना वितरण हुन्छ भन्ने पत्याउन मुस्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई गहना वितरण गरिन्छ ।

यो मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर हो । यो दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।

वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्रसस्त सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वमा यस मन्दिरमा भक्तजनले गरगहना चढाउने गर्छन् । अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?