शास्त्र अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फल र त्यसपछि प्राप्त हुने स्वर्ग–नर्कका जीवनका बारेमा बताइएको छ ।

यस पुराण अनुसार मृत्यु हुदैँ गर्दा मानिसका साथमा केहि खास चीज भए यमराजको दण्ड मिल्दैन र मनिसको मृत्यु सहज र शान्तीपुर्ण हुन्छ । अर्थात मृत्युको समयमा केहि चीज साथमा भए उसको प्राण बिना कष्ट सजिलै जान्छ ।

गंगाजल

हिन्दू धर्म शास्त्रमा गंगाजल लाई अत्यन्त शुभ र महत्वपूर्ण बताइएको छ । गंगाजलले पाप धुने साथै मोक्ष दिलाउन सक्ने मानिन्छ । यसैका कारण मानिसको मृत्युपछि गंगा घाटमा शवको अन्तिम संस्कार गरीन्छ । गरुड पुराण अनुसार जुन मानिसको प्राण निस्कदै छ उसको मुखमा गंगाजल हालेमा उसको आत्माले यमलोकमा कुनै दण्ड भोगनु पर्दैन । साथै राम्ररी मुक्ति मिल्दछ ।

तुलसी

हिन्दु धर्मशास्त्रमा तुलसीको बोट पवित्र र पूजनीय छ । भगवान विष्णुलाई समेत अत्यन्त प्रिय मानिएको तुलसी मृत्युशैय्यामा रहेको मानिसको मुखमा तुलसीको पात हालेमा वा यस्ता व्यक्तिको शिरमा तुलसीको बोट राखेमा प्राण त्याग्न सहज हुने धार्मीक विश्वास छ ।

श्रीमद्भगवद्गीताको पाठ

कर्म र फलदेखि जीवनको सारसम्म जीवन–मृत्युका सबै कुरा श्रीमद्भगवद्गीतामा उल्लेख छ । मान्यता अनुसार यदि कोहि मृत्यु निकट छ भने उसलाई गीता सुनाउँदा उसले यमराजको दण्डबाट मुक्ति पाउँछ । साथै उसले मोक्ष प्राप्त गर्न सक्छ । यदि सम्भव भए मृत्यु हुन लागेको मानिसले भागवत गिताको श्लोक वाचन अझ राम्रो मानिन्छ ।

ईश्वरको नाम

गरुड पुराणका अनुसार प्राण निस्कने बेलामा व्यक्तिले मन वा बोलीमा ईश्वरको नाम जपेमा यमराजको दण्ड मिल्दैन । साथै यस्ता व्यक्तिलाई प्रभुको चरणमा स्थान मिल्ने विश्वास छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?