सङ्क्रान्तिको वार सूर्य ग्रहले राशि परिवर्तन गरेको दिनको आधारमा फल प्रस्तुत गरिएको छ।
वैशाख : सोमवार सङ्क्रान्ति परेको छ। दक्षिणी हावा चल्नेछ। धान्यादि वस्तुहरू सस्ता हुनेछन् । घ्यू तेल र किराना सामानको मूल्य बढ्नेछ । पाँचवटा सोमवार र अक्षयतृतीयामा रोहिणी नक्षत्रको संयोग हुनु राम्रो देखिन्छ । राष्ट्रमा राम्रा कामहरू हुनेछन् । जनताले सुखको अनुभूति गर्नेछन् । आइतवार औंसी परेकाले दैवी एवं प्राकृतिक घटना र दुर्घटनासमेत हुनछ । आँधिहुरीले पशु चराचुरुङ्गीमा क्षति पुन्याउनेछ । दही, दुध र सागसब्जीको मूल्य बढ्नेछ।
जेठ : बुधवार वृष राशिमा सूर्यको प्रवेश भएकाले घ्यू, तेल आदि वस्तुको मूल्य बढ्नेछ तर कपडाको मूल्य घट्नेछ। चतुर्मासमा वर्षा कम हुनेछ । गर्मी बढ़नेछ। महिनाको तुरुमा झज्जावातको स्थिति रहेकोछ । राजनेताहरुमा वैमनस्यता एवं विश्वासको सङ्कट देखापर्नेछ। अग्निभय र दुर्घटना बढ्नेछन। महामारी रोगको विकासले कतैकतै जनधनको क्षति हुनेछ। महिनाको अन्त्यभागमा वर्षणको योग रहेको छ ।
असार : आइतवार सङ्क्रान्ति परेकाले लड़ाई र झगडा बढ्नेछन् । राज्य-राज्यबीच दुश्मनी बढ्नेछ। तापक्रम अत्यधिक बढ्नाले नयाँ-नयाँ रोगहरू देखापर्नेछन् । धान्यादि वस्तुहरुको मूल्य बढ्नेछ। महिनाको सुरुमै मनसुनी वर्षाका प्रभाव रहनेछ। आर्द्रा नक्षत्रमा सूर्यको प्रवेश नै वर्षाकारक योग हो। २२ र २३ गते व्यापक वर्षा हुनेछ । दुग्धजन्यपदार्थ र तैलजन्यपदार्थका मूल्य बढ्नेछ तर सुनचाँदीको मूल्य घट्नेछ । शेयर बजारमा सन्तोषजनक स्थिति देखापर्नेछ ।
साउन : बिहीवार सङ्क्रान्ति परेकाले पहेंला वर्गका वस्तुहरूको मूल्य बढ्नेछ तर धान्यादि वस्तुहरूका मूल्य भने घट्नेछ । वर्षे वाली राम्रो हुनेछ। सबैतिर यज्ञअनुष्ठानहरूको आयोजनामा वृद्धि हुनेछ । दुग्धजन्यपदार्थको उत्पादन बढ़नेछ। फलफूलको मूल्य सामान्य रहनेछ। सागसब्जीको मूल्य बढ़नेछ। शेयरबजारमा चहलपहल बढ्नेछ । पहिलो हप्ता र १८ गतेदेखि २५ गतेसम्म वर्षणयोग रहेको छ। देशको पूर्वी तथा दक्षिणी भेगमा बाढीले हानी पुन्याउनेछ ।
भदौ : आइतवार सङ्क्रान्ति परेको छ । शासकवर्गमा वैमनस्य उत्पन्न हुनेछ । महामारी रोगहरूका कारण जनजीवन प्रभावित हुनेछ । धान्यादि खाद्यान्नको मूल्य बढ्नेछ । भै-झगडा, चोरी डकैतीउता घटनाहरू बढ्नेछन्। शनिवारको औंसीले पनि दुःख निम्त्याउनेछ। कतैकतै खाद्यान्न आदि उपभोग्य वस्तुहरूको अभाव देखापर्नेछ। दुग्धजन्यपदार्थको उत्पादन बढ्नेछ। प्राकृतिक आपद्विपदका घटनाहरू बढ्नेछन् । कतै अनावृष्टि र कतै अतिवृष्टिको मारमा कृषकहरू पर्नेछन् ।
असोज : बुधवारको संक्रान्ति र आइतवारको औंसीका कारण घ्यू, तेललगायतका स्नेहासिक्त पदार्थहरूको मूल्य बढ्नेछ। हरिया तथा पहेंला तरकारीको मूल्य बढ्नेछ। कपडाको मूल्य सामान्य रहनेछ। पहिलो हप्ता र १०, ११ गतेको आसपास वर्षणयोग रहेको छ। बजारमा मुल्यवृद्धिसमेत हुनेछ । शेयरबजार सामान्य रहनेछ । व्यापारीवर्गले अधिक नाफा कमाउनेछन् । कतैकतै सम्प्रदायिक तनावसमेत देखापर्नेछ ।
कात्तिक : शुक्रवार तुला राशिमा सूर्यको प्रवेश र मङ्गलवारको औंसीका कारण सुन, चाँदीलगायत पशुजातिको मूल्यसमेत बढ्नेछ। घ्यू, तेलजस्ता स्नेहासिक्त पदार्थका मूल्य सामान्य रहनेछ । दुर्घटनाहरू बढ्नेछन् । उच्च प्रशासकीय पदहरूमा हेरफेर हुनेछ । रुघाखोकीजस्ता सर्दीजन्य रोगले जनजीवनलाई कष्टकर बनाउनेछ । राजनैतिक दलहरूबीच मतभेद बढ्ने र विश्वासको सङ्कटसमेत देखापर्नेछ ।
मङ्सिर : शनिवार सूर्यको वृश्चिक राशिमा प्रवेश र गुरुवारको औंसीका कारण सर्दीजन्य रोगहरूबाट जनजीवन कष्टदायी बन्नेछ। लडाई, झै-झगडा, शासनसत्तामा सामान्य फेरबदलजस्ता घटनाहरू हुनेछन् । खाद्यान्नको मूल्य घट्नेछ । दिनको तापक्रम शरद्को भन्दा बढी नै रहनेछ। दुग्धजन्यपदार्थ र सागसब्जीको मूल्य घट्नेछ तर निर्माणसामग्रीको मूल्य बढ्नेछ । शैक्षिक संस्थाहरू समस्याग्रस्त रहनेछन्। महिनाको आरम्भमै वर्षाको योग रहेको छ ।
पुस : मङ्गलवार परेको सङ्क्रान्ति र शुक्रवार परेको औंसीका कारण खाद्यान्नको मूल्यवृद्धि हुनेछ । राता वर्णका सामग्रीहरुको मूल्यमा असामान्य वृद्धि हुनेछ । लडाई, झै-झगडाको वातावरण बन्नेछ। शासकवर्गमा मतभेद र बेमेलको स्थिति देखिनेछ। शीतलहर र हिमपातका कारण जनजीवन कष्टदायी बन्नेछ। सर्दीजन्य रोगले अधिकांशलाई दुख दिनेछ साथै अग्निभयको स्थितिसमेत रहेको छ। शेयरबजारमा निराशाका स्थिति देखापर्नेछ । नयाँ राजनैतिक सङ्कट देखापर्नेछ ।
माघ : बुधवार परेको सङ्क्रान्ति आइतवार परेको औंसीका कारण घ्यू तेलजस्ता स्नेहासिक्त पदार्थहरूको मूल्य बढ्नेछ तर लत्ताकपडाको मूल्य भने घट्नेछ। हिमपात, तुसारो र शीतलहरका कारण जनजीवन कष्टकर बन्नेछ। वायुयानका साथै अन्य सवारीसाधनहरूको दुर्घटनाना समेत वृद्धि हुनेछ। खाद्यान्नको मूल्य बढ्नेछ । १७ र १८ गते मेघबादलसहित बर्षाको योग रहेको छ । शेयरबजार राम्रो रहनेछ। कतैकतै साम्प्रदायिक घटनाहरु देखा पर्नेछन् । राजनैतिक समस्याले निकास पाउनेछ ।
फागुन : शुक्रवार सङ्क्रान्ति र मङ्गलवार औंसी परेका कारण जनताल सुखको अनुभव गर्न पाउनेछन् । सुनचाँदी आदि गरगहना र हात्ती, घोडा, भैंसीलगायतका पशुचौपायको मूल्य बढ्नेछ । दुग्धजन्य पदार्थ र खाद्यान्नको मूल्य स्थिर रहनेछ। सागसब्जी आदि तरकारीको मूल्यमा उतारचढाव आउनेछ । कतैकतै झञ्जावातले धनजनको क्षति गराउनेछ। निर्माण सामग्रीहरूको अभाव देखापर्ने र मूल्यसमेत वृद्धि हुनेछ।
चैत : शनिवार मीन राशिमा सूर्यको प्रवेश र. बिहिबारको औंसीका कारण हानीनोक्सानी बढ्नेछ । कतैकतै महामारी रोगसमेत देखापर्ने छ। आंधिहुरी र अग्निकाण्डले धनजनको क्षति गराउनेछ । कतैकतै खाद्यान्न आदि उपभोग्य वस्तुहरुको अभाव देखिनेछ । शासनसत्तामा सामान्य परिवर्तन हुनेछ। शेयरबजारमा मन्दी आउनेछ । राजनैतिक दलहरूमा मतभेद बढ्ने र विश्वासको सङ्कटसमेत देखापर्नेछ ।