यि राशिहरुमा बर्षभरी हुनेछ साँढेसाती र अढैया शनिको प्रभाव, हेनुहोस कतै तपाईको राशि त परेन

वि. सं. २०८२ सालमा शनिदेव वर्षभरि नै मीन राशिमा रहनाले निम्न राशिका व्यक्तिहरूलाई निम्न अनुसार अढैया र साँढेसाती शनिदशाको प्रभाव रहनेछ ।

१. कुम्भ राशि

वर्षभरि अन्त्य साढेसाति दशा

२. मीन राशि

वर्षभरि मध्य साढेसाति दशा

३. मेष राशि

वर्षभरि आद्य साढेसाति दशा

४. सिंह र धनु राशि

वर्षभरि अढैया शनिदशा

शनिफल

भूट्टा आरोपहरू लाग्ने, शरीरमा आलस्य पैदा हुने, मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती हुने, मान-सम्मानमा आघात पर्ने, चोटपटकको भय हुने र सञ्चित धनको नाश गराउनेजस्ता फलहरू साँढेसाती र अढैया शनि पर्ने व्यक्तिलाई हुनेछन् ।

अढैया या साँढेसाती शनि भए पनि आफ्‌नो जन्मलग्नकुण्डलीमा स्वगृही, मित्रगृही, उच्च राशि र ३, ६. ११ स्थानमा शनि भएका व्यक्तिहरूलाई शनिको नकारात्मक फल लाग्ने छैन। यस्ता व्यक्तिको लागि शनिदेवले शुभ फल दिनेछन्।

साढेसाती तथा अढैया हामीले सोचे जस्तो आफैंमा खराब हुँदैन । तर पनि ज्योतिषीय मान्यतामा शनि पाप र दुःखदायी ग्रह भएकाले यसको प्रभाव मानिसको जीवनमा नकारात्मक नै हुन्छ । बढी खर्च हुने, काम ढिला हुने, मानसिक अशान्ति, र वाहनबाट दुःख हुने शनिका मुख्य प्रभावहरु हुन् । यसको राम्रो र खराब पक्ष थाहा पाउन ज्योतिषीसँग परामर्श लिनुपर्छ ।

यदि जन्म समयमा शनि खराब रहेछ भने पनि त्यसको प्रतिकूल प्रभावबाट बच्ने वा न्यूनीकरण गर्ने उपायहरु शास्त्रले बताएको छ । यदि खराब साढेसाती वा अढैया छ भने त्यस्तो अवस्थामा केही उपाय गरेर प्रतिकूल प्रभावबाट बच्न सकिन्छ । यसको मतलव यी कुराहरु ज्योतिषशास्त्रमा विश्वास गर्ने जोकोहीले मान्नुपर्ने कुरा हुन् ।

ती उपायहरु वैदिक वा तान्त्रिक मन्त्रोपचार विधि, यन्त्र विधि, रत्न धारण विधि वा अरु पूजापाठका उपचार विधि हुन सक्छन् । मन्त्रोपचार विधिमा निश्चित समयमा मन्त्र जप गर्ने र गराउने तथा दान धर्मका कुरा आउँछन् भने यन्त्र र रत्नचाहिँ धारण गर्नुपर्छ । शनिको रत्न नीलम हो । यी उपायहरु ज्योतिषीको परामर्श अनुसार गर्नुपर्छ ।

अनिष्ट फलबाट बँच्नको लागि देवीपूजा, शनिमुद्रिका धारण, शनिस्तोत्रपाठ, पीपलमा जल चढ़ाउने र रत्नंको प्रयोगका साथै अन्य उपायहरू ज्योतिषीको सल्लाह अनुसार गर्नुपर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?