यस्ता ५ विषय अशुभ मानिन्छ

सगुन र अपसगुनको मान्यता प्राचीनकालबाटै चलिआएको छ । कैयौं मानिस यि मान्यतामा विश्वास गर्छन् भने धेरैले गर्दैनन् पनि । बुजुर्गका अनुसार केहि यस्ता काम छन् जो सगुन र अपसुगन मानिन्छ । यहि मध्ये कतिपय कामलाई वास्तुले समेत मानेको छ ।

१. धाराबाट पानी चुहिनु

मान्यता अनुसार जुन घरमा धाराबाट लगातार पानी चुहिन्छ त्यहाँ धनको हानि हुने गर्दछ । यस अलावा बिहान बिहान बाथरूममा खाली बाल्टी देख्नु पनि अपसकुन मानिन्छ । खाली बाल्टी देखे आर्थिक र मानसिक समस्या हुने विश्वास गरीन्छ ।

२. साँझमा बढार्ने

कुचोलाई लक्ष्मीको प्रतिक मानिन्छ । त्यसैले कुचो टेक्नु वा साँझमा बढार्नु शुभ मानिँदैन । यस अलावा खुल्ला ठाउँमा कुचो राख्नु हुदैँन यसलाई लुकाएर राख्नु पर्ने मान्यता छ ।

३. टुक्रिएको सिसा

वास्तु शास्त्रमा सिसा, काँचका वस्तु टुट्नु, फुट्नु वा चर्किनु अत्यन्त अपसकुन मानिन्छ । त्यसैले टूक्रिएको ऐना हेरेर श्रृंगार गर्न नुहने मान्यता छ । यस अलावा एक बर्ष भन्दा मुनिका बालबालिकाले ऐना हेर्नु पनि अशुभ मानिन्छ । घरको कुनाम काँचको टुक्रा राख्नु वा जम्मा पार्नु पनि अशुभ मानिन्छ ।

४. कुकर बिरालो रुनु

घरमा कुकुर बिरालो रुनु वा आपसमा झगडा गर्नु अशुभ मानिन्छ । यस्ता घटनाले घरमा अप्रिय घटना हुने संकेत गर्दछ ।

५. खिया लागेका फलाम

केहि मान्यता अनुसार जुन घरमा साना बालबालिका हुन्छन्, त्यहा नकारात्मक ऊर्जा पनि छिट्टै हावी हुने गर्दछ । यस्तोमा उनीहरुको ओच्छ्यानमा फलामका सामान राखे नकारात्मक ऊर्जा नष्ट हुने विश्वास गरीन्छ । यस्तै खिया लागेको फलामका वस्तु घरमा राख्नु अपसगुन मानिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?