यस्ता कुण्डली भएका व्यक्तिले गर्छन २ वटा बिवाह

समाजमा एक पुरुषले एकमात्र महिलासँग विवाह गरे सामान्य मानिन्छ । तर, एक पुरुषले दुईभन्दा बढी महिलासँग विवाह गरेका प्रशस्त उदाहरण हामीले देखेका छौँ, सुनेका छौँ । हरेक पुरुष वा महिलाले बहुविवाह गर्दैनन् ।

तर केहीले कानूनले बर्जित भए पनि बहुविवाह गरेका छन् । विवाहको प्रसंगमाथि चर्चा गर्दा सामाजिक तथा धार्मिक कुराको पनि महत्व रहने गर्छ ।

हरेक ब्यक्तिको विवाह उसको स्वभाव, संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ ।

ज्योतिश शास्त्रीय मान्यताअनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ । जसअनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एक भन्दा बढी विवाहको योग हुन सक्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ ।

ब्यक्तिको कुण्डलीमा बहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ रु जानी राखौँ ।

  1. जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ ।
  2. ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन् ।
  3. कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ ।
  4. जब ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ ।
  5. कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?