मंगलबार गणेश भगवानको पूजा कसरी गर्ने ? कुन मन्त्र जप्ने ?

काठमाडौं । गणेश भगवानको पूजा भनेको कुनै पनि धार्मिक कर्मको आधिकारिक सुरुवात हो । सुरुमा गणेश भगवानको पूजा नगरि अरु भगवानको पूजा गरेमा त्यो पूजा असफल हुन्छ । पूजा मात्र होइन, कुनैपनि काम वा यात्राको सुरुवात गर्दा पनि गणेश भगवानलाई सम्झिने हाम्रो धार्मिक संस्कार छ । त्यसैले, जस्तै ठूलो पूजाआजा वा पूराण नै किन नहोस्, हरेक धार्मिक अनुष्ठानको सुरुवात गणेश भगवानकै पूजाबाट गरिन्छ ।

अन्य भगवानबाट आशिर्वाद पाउन समेत पूज्नु पर्ने गणेश भगवानको किर्ती हाम्रा सबै धर्मग्रन्थहरुले यथेष्ट रुपमा बयान गरेका छन् । हामीले साताका अन्य दिनमा गर्ने धार्मिक अनुष्ठान वा अरु भगवानको आराधानाको प्रतिफल पाउन पनि मंगलबार गणेश भगवानको पूजा नगरि हुँदैन । मंगलबार भनेको मंगल ग्रहलाई समर्पित दिन हो ।

हिन्दु धर्ममा मंगल ग्रहलाई ज्ञान, बुद्धि, विवेक र आर्थिक सम्पन्नताको प्रतिकका रुपमा लिइन्छ । त्यसैले, मंगलबारको दिन भगवान गणेशको पूजा तथा आराधाना गर्नाले शुभमंगल फल प्राप्त हुने विश्वास गरिन्छ । यस्तै, मंगल ग्रहलाई मानव जीवनमा आउने अनेक समस्याका निर्माता तथा कारक पनि मानिन्छ जसको असरबाट बच्नलाई पनि सो दिन शुभलाभका प्रतिक मानिने श्री गणेश भगवानको पूजा गरिएको हो । मंगलबार गणेश भगवानको पूजा गर्नाले जिन्दगीभर सुखद् फल प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

पूजा विधिः

यदि तपाई गणेश भगवानलाई खुसी बनाएर शुभ फल प्राप्त गर्न चाहनुहुन्छ भने बिहानै नुहाएर वा सफाचोखो भएर, सफा लुगा लगाएर नजिकैको गणेश मन्दिरमा गएर पूजा गर्नुहोस् । मन्दिर नजाँदा घरमै बनाइएको पूजा कोठा वा पूजा गर्ने स्थानमा गणेशको मूर्ति, फोटो वा कुनै प्रतिमा राखेर पनि पूजा गर्न सकिन्छ ।

गणेश भगवानको मनपर्ने भोजन मिठाइ भएकाले सख्खर, चिनीलगायत गुलिया प्रसाद चढाउनु पर्दछ । विधिका लागि फल राखेपनि लड्डु, बर्फी, सख्खर राख्नु उपयुक्त हुन्छ । यदि मिठाइ उपलब्ध नहुँदा चिनि वा मिस्रीलाई नै मिठाइ मान्नुहोला भनेर गणेश भगवानलाई अर्पण गर्नुपर्दछ ।

भगवान गणेशको पूजा गर्दा नभई नहुने चिज भनेको घ्यू हो । घ्यू बिनाको पूजा गणेश भगवानले स्वीकार गर्नुहुन्न भनेर शास्त्रमा उल्लेख गरिएको छ । कतिपय अवस्थामा घ्यू नहुँदा तेललाई नै घ्यू मान्नुहोस् भनेर पूजा गर्न सकिन्छ । तर, त्यसले उचित प्रतिफल नपाइने गणेश पूजा विधिमा भनिएको छ । तसर्थ, चिताएको फल पाउन सकेसम्म घ्यू अर्पण गर्नुपर्दछ ।

गणेश भगवानको पूजा गर्दा जप्ने मन्त्रहरुः

श्री गणेशाय नमः

ॐ श्री गणेशाय नमः

गं गणपतये नमः

ॐ गं गणपतये नमः

ॐ गं ॐ गणाधिपतये नमः

ॐ सिद्धि विनायकाय नमः

ॐ गजाननाय नमः

ॐ एकदन्ताय नमो नमः

ॐ लम्बोदराय नमः

ॐ वक्रतुंडाय नमो नमः

ॐ गणाध्यक्षाय नमः

मंगल ग्रहले मंगलबारको दिनको आफ्नो प्रकोपले लगाएका विभिन्न दोष मेटाउन मंगलबारका साथै बुधबार पनि गणेश भगवानको पूजा गरिन्छ । बुधबार भने व्रत बसेर पूजा गरिरहनु पर्दैन ।

मंगलबार माथि उल्लेखित विधि अनुसार पूजा गरेर बुधबार भने सामान्य विधिले पूजा गर्दा पर्याप्त हुन्छ । बुधबार सुरुमा मंगलमयको कामना गर्दै गणेश भगवानको र त्यसपछि कष्टहरणको आशिर्वाद माग्दै दुर्गा माताको पूजा गर्नुपर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?