पाथीभरा माताको दर्शन गर्दै पढ्नुहोस, आज २०८१ चैत २९ गते शुक्रबारको राशिफल

वि. सं. : २०८१ चैत २९ गते शुक्रबार

इ.सं. : 11th April 2025 (Friday)

सूर्योदय: बिहान ०५:४६ बजे

सूर्यास्त: बेलुका १८:२६ बजे

तिथि : चतुर्दशी २७:०२ सम्म, तत्पश्चात् पूर्णिमा

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : उत्तरफाल्गुनी १५:२२ सम्म, तत्पश्चात् हस्ता

योग : ध्रुव २०:०० सम्म, तत्पश्चात् व्याघात

करण : गर १४:१२ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: कन्या

ऋतु : वसन्त

अयन : उत्तरायण

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ । छोटो दुरीको अफिसियल यात्राको योग रहेकोछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । नयाँ काम पाउने, नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पति पत्नी बीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल नगरे छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । सवारी साधन खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरिको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । शुभ तथा मांगलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लेख तथा रचनामा बाकी रहेका कामहरु सम्पन्न गर्न समयले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । मनोरञ्जन क्षेत्रमा समय व्यतित हुनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानून अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ । राजनीति तथा सामाजिक कामबाट आंशिक लाभ हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा लगानी बढाउने बाध्यात्मक परिस्थिति आएपनि समय मध्ययम रहेकाले ध्यान दिन जरुरी छ । खोज तथा अनुसन्धानमा लाग्ने विद्यार्थीहरुका लागि समय मध्ययम रहेकोछ । पहिला नै फिक्स भएको प्रिय पात्रसँग भेट नहुने हुँदा मन खिन्न हुनेछ । विदेशबाट आयातित सामानको व्यापार फस्टाउनेछ भने स्वदेशमा उत्पादित सामानहरुले बजार पाउने सम्भावना कम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारीको शिलशिलामा नयाँ गन्तब्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । सथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । लामो दुरीको यात्राको योग रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?