जन्मबार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्।

आइतबार जन्मेको व्यक्ति गुलियो मनपराउने, मानी, धेरै कामबासना भएको, धेरै धनको इच्छा राख्ने, पित्त प्रकृतिको होला । आइतबार जन्मेको व्यक्तिलाई जन्मको पहिलो महिना, ६,१३ र ३२ बर्षमा बिशेष कष्ट हुन सक्छ।

सोमबार जन्मेको व्यक्ति भोगी, कामबासनाले युक्त, शास्त्र जान्ने वाला, गुणी, मानी, इन्द्रियलाई आफ्नो बशमा राख्न सक्ने, ठूलो विद्वान् र शीलयुक्त होला। सोमबार जन्मेको व्यक्तिलाई ८ र ११ महिना, १६ र २७ बर्षमा बिशेष कष्ट हुन सक्छ।

मङ्गलबार जन्मेको व्यक्ति धनी, क्रोधी, भोगी, मुर्खहरुको प्रिय, साहसी, नास्तिक होला। मङ्गलबार जन्मेको व्यक्तिलाई २ र ३२ वर्षमा बिशेष कष्ट हुन सक्छ।

बुधबार जन्मेको व्यक्ति दयालु, डरले युक्त भएको, योगमा रुचि भएको, वेद आदि शास्त्रमा श्रद्धा भएको होला। बुधबार जन्मेको व्यक्तिलाई ८ महिना र ८ वर्षमा बिशेष कष्ट हुन सक्छ।

बिहीबार जन्मेको व्यक्ति वेद वा धर्मशास्त्र जान्ने, आध्यात्मिक, राम्रो संस्कार भएको, धनी, सबैको प्रिय र विद्वान् होला। बिहीबार जन्मेको व्यक्तिलाई ७, १३ र १६ महिनामा बिशेष कष्ट हुन सक्छ।

शुक्रबार जन्मेको व्यक्ति भोगी, धनी, शूरवीर, कृपालु, धेरै सेवक भएको, शास्त्रज्ञाता र दैवज्ञ( ज्योतिष) होला। शुक्रबार जन्मेको व्यक्तिलाई शारीरिक कष्ट धेरै नहोला।

शनिबार जन्मेको व्यक्ति नीच जनमा आसक्त, कृतघ्न, कुटिल, रोगी र अल्छि होला। शनिबार जन्मेको व्यक्ति पहिलो महिना र अठारौं वर्षमा बिशेष कष्ट हुन सक्छ।

नोट: यो जन्मबार अनुसारको सामान्य फल रहेकाले गर्दा केवल यो अनुसार व्यक्ति नहुन सक्छ। जन्मसमयको राशि र ग्रहस्थिति अनुसार यो फलमा परिवर्तन हुन सक्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?