चैत्र शुक्ल एकादशीः कामदा एकादशी व्रत

चैत्र शुक्ल एकादशी। मंगलबार कामदा एकादशीको व्रत गरिँदैछ। कामदा एकादशीको व्रत गर्नाले मनोकामना पूरा हुने एकादशी माहत्म्यमा उल्लेख छ।

मंगलबार एकादशी तिथि ४४ घडी ३० पला अर्थात् राति ११ बजेर ३७ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

एकादशी तिथि  भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। यो दिन भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

शुक्ल र कृष्ण पक्षमा गरी एकादशी महिनामा दुई पटक पर्छ। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?