गरुड पुराण अनुसार यस्ता व्यक्तिको घरमा खाना खानुहुँदैन

गरुड पुराणमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन् । यो १८ पुराणमध्येको एक हो । यसमा २७९ अध्याय र १८ हजार श्लोक छन् । यसको रचना वेदव्यासले गरेका थिए ।

गरुड पुराणले गर्न हुने र नहुने कुरामा मार्गदर्शन गरेको छ । यसमा कस्ता व्यक्तिले पकाएको खानेकुरा खान उचित हुँदैन भनी उल्लेख गरेको छ । झट्ट सुन्दा त यो सामान्य लाग्छ । तर, यी साना कुराहरुले नै जीवनमा ठूलो अर्थ राख्छ ।

गरुड पुराणमा भनिएको छ, खराब आचरण भएको, खराब ढंगका, क्रोधित, लोभी व्यक्तिले पकाएको वा उसको भान्सामा पाकेको खानेकुरा सेवन गर्नुहुँदैन ।

लुटेर ल्याइएको खानेकुरा

लुटेर, ठगेर, छलेर, ढाँटेर ल्याएको खानेकुरा छ भने त्यस्ता मान्छेको भान्सामा पाकेको खानेकुरा खानु अनुचित हो । अरुलाई दुःख दिएर, रुवाएर बटुलेको अन्नपानी खाँदा हाम्रो शरीर नै विकारयुक्त हुन्छ । आफ्नो इमान, श्रम, मिहेनतले आर्जन गरेको अन्नपानी मात्र खानुपर्छ ।

क्रोधित व्यक्तिले पकाएको

खाना पकाइरहेको बेला प्रशन्न र आनन्दित हुनुपर्छ भनिन्छ । क्रोधित व्यक्तिले पकाएको खानेकुरा खान उचित नहुने गरुण पुराणमा उल्लेख छ । क्रोधित एवं रिसाह व्यक्तिले रिसको झोंकमा खानेकुरालाई विषाक्त बनाइदिन सक्छन् । त्यसैले उनीहरुको हातबाट पाकेको खानेकुरा खान हुँदैन ।

दुष्ट व्यक्ति

अरुलाई दुःख दिने, अरुको पीडामा रमाउने र अरुको कुभलो चिताउने व्यक्तिले पकाएको वा उसको घरमा पाकेको खानेकुरा खान उचित हुँदैन । यस्ता व्यक्ति खराब नियतका हुन्छन् । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै कालो नियत राखेर ख्वाउँछन् । त्यसरी खराब नियत राखेर बनाएको वा दिएको खानेकुरा खानु स्वास्थ्यका लागि ठिक हुँदैन ।

कुरा काट्ने व्यक्ति

कतिपय व्यक्ति अरुको कुरा काट्नमा माहिर हुन्छन् । उनहिरुको यो प्रवृत्ति नै हो । अरुको कुरा काटेर उनीहरु मज्जा लिन्छन् ।अरुको कुरा काट्नु भनेको अरुको नकारात्मक, कमजोर पक्ष केलाउनु हो । यस्ता व्यक्तिहरु सधै अरुलाई होच्याएर हेरिरहेका हुन्छन् । यसरी अरुको कुरा काट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।

निर्दयी व्यक्ति

कुनै निर्दयी व्यक्तिले पकाएको वा उनको भान्सामा पाकेको खानेकुरा पनि खान उचित हुँदैन । यस्ता व्यक्ति दोस्रो व्यक्तिप्रति कुनै मानविय भावना राख्दैनन् । सबैलाई कष्ट दिने प्रवृत्तिका हुन्छन् । यस्तो व्यक्तिले पकाएको खानेकुरा खानु हुँदैन ।

चाकडीबाजको भान्सामा

चाकडी गर्ने व्यक्तिको घरमा पनि खानेकुरा खान उचित नहुने बताइएको छ । यस्ता व्यक्तिले कुनै न कुनै स्वार्थका लागि खाना ख्वाउने व्यवस्था मिलाएका हुनसक्छन् । उनको भान्सामा पाकेको खानेकुरा खानु हुँदैन ।

रोगी व्यक्ति

कुनैपनि रोगले ग्रस्त व्यक्तिले पकाएको खानेकुरा पनि खान हुँदैन । उनीहरुलाई हेला गरेर वा घृणा गरेर होइन यसो भनिएको होइन । तर, उनीहरुले पकाएको खानेकुराबाट रोग सर्ने भय हुने भएकाले शारीरिक स्वास्थ्यका लागि उचित हुँदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?