एउटै गोत्रमा किन विवाह गरिँदैन ? धार्मिक मात्र होइन बैज्ञानिक कारण यस्तो

हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न हुँदैन र गरिँदैन पनि । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मणसमुदायमा यो प्रचलनमा बढी रहको छ ।

अन्य जनजाति समुदायमा भने यसलाई त्यति धेरै महत्व दिइँदैन, मामाचेली फूपूचेलो नाता सम्बन्धमा समेत विवाहलाई मान्यता दिइन्छ ।

हिन्दु धर्ममा सगोत्री वा हाडनातामा विवाह किन बर्जित गरिन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यसका केही धार्मिक तथा वैज्ञानिक कारणहरु छन् । जुन यस्ता छन्–

हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ । वैवाहिक सम्बन्ध राम्रो हुँदैन । यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट जन्मिने बच्चामा पनि बिभिन्न किसिमका अवगुणहरु आउन सक्छ । यसका साथै सन्तान नै नहुने लगायतका अवस्था पनि आउनसक्ने हुन्छ ।

सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक विश्वास मात्र होइन यसका पछाडि बिभिन्न वैज्ञानिक कारणहरु पनि रहेका छन् । एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।

त्यसैले तपाईँ पनि नाता सम्बन्धमा वा सगोत्री विवाह गर्ने सोँच्दै हुनुहुहन्छ भने बेलैमा सजग हुनुहोेस् । पछि यस्ता विभिन्न खालका समस्याहरु तपाईँमा पनि देखा पर्न सक्छन् ।

अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता भएका हुन्छन् । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?