आइतवार सुर्यदेवको पुजा किन र कसरी गरिन्छ?

हिन्दू धर्ममा सूर्यलाइ देवताको रूपमा पूजिन्छ। अन्धकारलाइ दूर गरेर प्रकाशको किरण फैलाउने सूर्य देव लाइ पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ सूर्य यो ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ।

सूर्यको मानव जीवनमा महत्वलाइ समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाइ धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देव लाइ जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ ।

सूर्यदेव को आराधनाले हुने लाभ :

सूर्य देवको आराधना गर्दा मनुष्य बल , बुद्धि , तेज , मान-सम्मान , धन-सम्पति और स्वास्थ्यले परिपूर्ण भैइन्छ । यसको साथ-साथ सूर्य देव को नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ।

सूर्यदेव को पूजाले मानव जीवनमा हुने प्रभाव

सूर्य देव को आराधनाले शरीर रोगमुक्त हुन्छ। रोग जस्तो पनि होस् सूर्य देव को विधिवत आराधनाले रोग बाट मुक्ति मिल्छ।

मानसिक व्याधियों (चिंता , तनाव , अवसाद , नकारात्मक सोच) बाट मुक्ति मिल्छ। सूर्य देव को पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ।

सूर्य देव को पूजाले मन बाट अहंकार, हीन भावना , ईर्ष्याको भाव दूर हुन्छ ।

जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देव को आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्य देव को आराधना गर्नु पर्दछ।

सूर्यदेव को आराधनाले नौकरीमा आएको अड़चन दूर हुन्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ।

जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देव को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमामा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ ।

सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बाट बलवान हुन्छ।

सूर्यदेवको आराधना कसरि गर्ने :

आईतवारको दिन नवग्रह मंदिर गएर सूर्यदेव लाइ चंदनको लेप लगाउ । धुप (दीप जलाउ । सूर्य देव लाइ जलले स्नान गरँ । कुमकुमको टीका लगाउ। त्यस पश्चात् चावल , मीठाई र पुष्प अर्पित गरौ।

अब सूर्य देव को समक्ष बसेर सूर्य देव को यो मंत्रको जप गरौ : ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।।

सूर्यदेव लाइ जल अर्पित गर्ने विधि :

सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाइ हामि प्रत्यक्ष देखन सक्छौ । त्यसैले सूर्य देव को आराधना घरको पूजा स्थलमा गर्नु भन्दा घर बाहिर खुला ठाउमा सूर्य देव को समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ।

सूर्यदेवको आराधनामा सूर्यदेव लाइ जल अर्पित गर्नु सबै भन्दा महत्व रहन्छ। यसलाइ हामि सूर्य लाइ अर्ध्य दिनु भन्छौ। सूर्यदेव लाइ अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर उभियौ ।

एक तांबाको पात्रमा जल भरेर चावल , चीनी , पुष्प राखौ र कुमकुम द्वारा जल छर्कौ। अब सूर्य देव को अगाडि उभिएर ताम्बाको पात्र द्वारा दुइटै हाथले जल जमीनमा छोडौ ध्यान् दिऔ, ताम्बाको पात्रलाइ आफ्नो छातिको सामुने र सूर्य देव लाइ जल अर्पित गर्दै पात्रलाइ कन्धा बाट माथि लग्ने प्रयास गरौ। पात्रबाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्ब लाइ हेर्ने प्रयास गरौ।

सूर्यदेवको मंत्र यस प्रकार रहेको छ :-

१) पुत्र प्राप्तिको लागि -ऊँ भास्कराय पुत्रं देहि महातेजसे। धीमहि तन्नः सूर्य प्रचोदयात्।।

२) हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागि-ऊँ हृां हृीं सः सूर्याय नमः।।

३) व्यवसाय वृद्धि एवं सफलताका लागि- ऊँ घृणिः सूर्य आदिव्योम।।

४) शत्रुलाइ परास्त गर्न-शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः

५) सबै मनोकामना पुरा गर्नका लागि- ऊँ हृां हृीं सः

६) सबै अनिष्ट ग्रहदशा निवारण गर्न-ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः

यति मन्त्रलाई भगवान सुर्यको आराधना गरे फल मिल्ने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?